इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीद्धारा नेपाल प्रहरीका सईसहित तीनजनालाई ५० हजार रुपैँया घुस रकम सहित पक्राउ गरेको छ ।
सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुसहित तीन जनालाई अख्तियार इटहरीले घुस रकमसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सई कानुसहित प्रहरी जवान रामईश्वर मण्डल र स्थानीय व्यापारी जयनारायण यादव रहेका छन्। उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयले आइतबार ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।
अख्तियारका अनुसार प्रहरी सई कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियार इटहरीले जनाएको छ।














Discussion about this post