इटहरी ५ मा एक महिलालाई जबरजस्ती करणी गरी रकम समेत लुटपाट गरेको आरोपका फरार प्रतिबादी एकजनालाई प्रहरीे पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ५ को सार्वजनिक बाटोमा बर्ष २५ की महिलाई डर त्रास देखाई जबरजस्ती करणी गरी नगद ५७ हजार पाँच सय रकम समेत लुटेको घटनाका फरार प्रतिवादी सुमन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँ बस्ने ३६ बर्षीय उनी फरार रहेका थिए ।
उक्त मुद्दामा निजलाई सुनसरी जिल्ला अदालतवाट १० बर्ष कैद सजाय फैसला भएको थियो ।
फरार रहेका अभियुक्त चौधरीलाई गत १६ गते इटहरी प्रहरीको टोलीले लुकिछिपी हिडेको अवस्थामा पक्राउ गरी जिल्ला अदालतमा हाजिर गराएको जनाएको छ ।















Discussion about this post