मोटरसाईकल दुर्घटनामा सुनसरीका एक युवकको मृत्यु भएको छ ।
उदयपुरको बेलका नगरपालिका ९ स्थित मदन भण्डारी सडक खण्डमा रामपुरबाट चतरातर्फ आउँदै गरेको स ८ प २७३५ न. को मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरी बराहक्षेत्र ३ बस्ने बर्ष २० को अरुण राईको मृत्यु भएको हो ।
गम्भीर घाईते भई उपचारको लागि धरान घोपा पठाईएको र थप उपचारको लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाईकल तीब्र गतिमा रहेका कारण दुर्घटना भएको हो ।














Discussion about this post