उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ११ पीपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले साउनेबाट गाईघाटतर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त अटोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खबटा बरामद गरेको हो ।
अटोबाट सालकको खबटा बरामद भएसंगै अटो चालक त्रियुगा नगरपालिका १४ का ४१ बर्षीय पहलमान कट्वाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।














Discussion about this post