प्रहरीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सेक्सन कमाण्डरलाई हतियारसहित पक्राउ गरेको छ ।
मोरङको उर्लाबारी नगरपालिका ६ स्थित रमाइलो टोलबाट ३२ बर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो । उनी विप्लव समूहको सेक्सन कमाण्डर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार एकान्त कोइराला भन्ने एक बहादुर विश्वकर्माको घरमा विप्लव समुहका कार्यकर्ताहरु बसोबास गरिरहेको सुचनाको आधारमा छापा मारिएको थियो । विश्वकर्माको एक तले पक्की घर खान तलासी गर्दा कोठाभित्र बसिरहेका शेर्पा हतियारसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार शेर्पा ताप्लेजुङको फक्ताङलङे गाउँपालिका २ का बासिन्दा हुन् । उनले झोलाभित्र लुकाई राखेको हतियार र अन्य सामग्रीहरु फेला परेको थियो ।
उनको साथबाट अटो पेस्तोल युएसए लेखिएको पेस्तोल १ थान भेटिएको छ भने ७.६५ लेखिएको ३ वटा गोली लोड भएको पेस्तोलमा लाग्ने ग्याग्जिन १ थान, पार्टीको दस्तावेज, डायरी लगायत सामग्रीहरु पनि बरामद भएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post