सुनसरीको देवानगंजबाट अवैधरुपमा ल्याइएको मटर प्रहरीले बरामद गरि भन्सारमा बुझाएको छ ।
देवानगञ्ज गाउँपालिका वडा नं २ स्थित दिव्यज्योति विद्यामन्दिर इङ्लिस बोर्डिङ स्कूलको कोठाबाट १२० बोरा सेतो मटर प्रहरीले बरामद गरेको हो । स्कूलमा सेतो मटर अवैध रुपमा राखेको बिशेष सूचनाको आधारमा प्रहरी स्कूल पुगेको थियो ।
प्रहरीले सेतो प्लाष्टिकको बोरामा बजार मूल्य ६ लाख बराबरको मटर बरामद भएको जनाएको छ ।
प्रहरीले बरामद गरेको मटर राजश्व अनुसन्धान कार्यालय इटहरी ल्याईएको छ ।














Discussion about this post