इटहरी : बेला–बेला सडकमा हुने सामाजिक जनचेतनाका कार्यक्रमले आम मानिसमा निकै सकारात्मक प्रभाव पर्छ ।
सडकमा हुने दुर्घटना न्यूनीकरण तथा आम मानिसमा यसले सकारात्मक प्रभाव पार्ने गरेको छ । यसैबीच विराटनगरदेखि ईलाम सम्म साइकलमार्फत नै ट्राफिक जनचेतना फैलाईएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माका अनुसार विश्व साइकल यात्री पुष्कर शाह सहितको टोली ईलाम सम्मको यात्रामा रहेको समयमा साइकलबाटै ट्राफिक जनचेतना फैलाईएको हो ।
सवारी दुर्घटना हुन नदिन तथा सडकमा हुने अन्य दुर्घटना रोक्नका लागि पनि जनचेतनाले सहज हुने शर्माको तर्क थियो ।
‘विराटनगरदेखि ईलामसम्मको यात्राका क्रममा ट्राफिक जनचेतना पनि फैलाईएको हो,’ शर्माले भने, ‘दुर्घटना हुन नदिनका लागि पनि हामीले साइकलबाटै जनचेतना फैलाउँने कार्यक्रम आयोजना गरेका हौँ ।’
पश्चिम महाकालीदेखि आएका विश्व साइकल यात्री शाह सहित दुई दर्जन साइकल यात्री बुधबार ईलामको श्री अन्तुसम्म पुग्ने कार्यक्रम रहेको छ ।














Discussion about this post