उदयपुरको त्रियुगा नगरपालिका १३ जोगीपोखरीबाट नियन्त्रित लागूऔषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका ५ सप्तरीका १९ बर्षीय प्रदीप देउजालाई १९ ट्याब्लेट लागूऔषध नाईटोजेपाम सहित पक्रउ गरेको हो ।
पक्राउ परेका देउजाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।














Discussion about this post