मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं १ गोगनेमा बिहिबार साझ सदम राईको घरमा अचानक आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
मिक्लाजुङ वडा नं १मा रहेको घरमा साँझ करिब ७ः३० बजेको समयमा आगजनी हुँदा करिब १५ लाख मुल्य बराबरको धनमाल जलेर क्षती भएको मिक्लाजुङ गाउँपालिका वडा नं १का वडाध्यक्ष नरबहादुर राईले बताएका छन् ।
साँझको समयमा आगजनी भएको र गाउँमा पातालो बस्ती भएकाले आगो नियन्त्रयमा लिन नसक्दा ठुलो क्षती भएको राईले बताए । आगजनी बाट घरमा भएको अन्न पात लत्ता कपडा सबै जलेर खरानी भएको स्थानीय दिपक राईले बताएका छन् ।
परिवारको पारिवारीक अवस्था समेत कमजोर रहेको उक्त परिवारलाई तत्काल खानको लागी २ बोरा चामल, ५ केजी दाल, ३ लीटर तेल , २ केजी नुन र ३ थान म्याट व्याक्तीगत रुपमा उपलब्ध गराएको मिक्लाजुङ गाउँपालीका वडा नं १ वडाध्यक्ष नरबहादुर राईले बताए ।















Discussion about this post