प्रशिद्ध धार्मिक स्थल ताप्लेजुङमा रहेको पाथीभरा माताको दर्शन गर्न आएकी एक महिला तीर्थयात्रीको आज मृत्यु भएको छ । विराटनगर महानगरपालिका –६ निवासी सावित्री खड्का चापागाईंको बेहोश भई निधन भएको हो ।
मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयवासीले स्टे«चरमा उहाँलाई बोकेर काफ्लेपाटीसम्म ल्याएको र त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदा माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका उपचार सम्भव नभए पश्चात जिल्ला अस्पताल लगिएको थियो ।
त्यहा पुगेपछि उनलाई पहिले नै मृत्यु भइसकेको चिकित्सकले मृत घोषणा गरेका थिए
तीस वर्षीया सावित्रा श्रीमान् मनिष चापागाईं, ससुरालगायत परिवारका पाँच जनासँगै दर्शनका लागि पाथीभरा गएका थिए ।
अत्यधिक चिसो भएकाले अक्सिजनसहित अस्पताल ल्याइए पनि बचाउन नसकिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।
उनको चिसोका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाइएको छ















Discussion about this post