प्रदेश नं. १ नम्बर प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले अपाङ्गता भएका ब्यक्तिहरुलाई माया, सद्भाव, समान हेराइ अनि हौसलाको आवश्यकता हुने बताएकी छिन् ।
“कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताःअपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता” भन्ने मुल नाराका साथ मनाईएको २९ औँ अपाङगता दिवशको अवसरमा बिराट बहिरा माध्यामिक बिद्यालय बिराटनगरमा आज दिउँसो भएको शैक्षिक सामग्री बितरण कार्यक्रममा बोल्दै वहाले उक्त कुरा बताएकी हुन् ।
फ़रक क्षमता भएका व्यक्तिहरुलाई समान अवसरका साथ सकारात्मक वातावरण प्रदान गर्न सके उनीहरु व्यवस्थित ढङ्गले कुनैपनि चुनौतीको सामना गर्न सक्ने उनको भनाई रहेको थियो ।
फरक क्षमता भएका विद्यार्थीहरुले सृजनशिलता, आत्मविश्वास र मेहनतले गर्दा नै समाजका जुनसुकै स्थानमा अन्य व्यक्तिहरु सरह नै सृजनात्मक कार्य गरेर आँफूलाई स्थापित गर्न सक्ने, आँफूलाई उदाहारणीय बनाउन सक्ने उनको भनाई थियो ।
२९ औँ अपाङ्गता दिवशको अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा उक्त बिद्यालयमा “प्रहरी मेरो साथी” शीर्षकमा चित्रकला प्रतियोगिता समेत संचालन गरिएको थियो ।















Discussion about this post