मोरङ सुनबर्षी ५ झुगी चोकबाट हतियार सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४१ बर्षीय राजकुमार मण्डल रहेका छन् ।
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मण्डललाई हिँजो दिउँसो सवा १२ बजे नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनी उपर चेकजाँच गर्दा कम्मरमा लुकाई छिपाई राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र नगद १९ हजार ३ सय २५ रुपैँया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।














Discussion about this post