इटहरी (डेस्क) : प्रधानमन्त्री केपीशर्मा ओलीको गृहजिल्ला झापामा शनिबार राजतन्त्रको समर्थनमा प्रदर्शन गरिएको छ । राजतन्त्र समर्थकहरुसहित राप्रपा नेपालले मोटरसाइकल र्यालीसहित जुलुस निकालेको हो ।
देशका विभिन्न शहरहरुमा राजतन्त्र फर्काउनुपर्ने माग गर्दै जुलुसहरु भइरहँदा झापामा पनि प्रदर्शन गरिएको हो । यसअघि कात्तिक १७ गते बुटवलमा, कात्तिक २५ गते काठमाण्डौमा, कात्तिक २७ गते विराटनगरमा प्रदर्शन गरिएको थियो ।
देशका विभिन्न ठाउँमा भएको प्रदर्शनमा ऐक्यबद्धता जनाएको राप्रपाले झापामा आफैँ आयोजक भएर हिन्दुराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियताको खारेजी लगायतका माग राख्दै प्रदर्शनको आयोजना गरेको हो ।
र्यालीमा राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जस्ता नारा–जुलुस र झाँकी समेत प्रदर्शन गरिएको थियो ।
झापाराप्रपाका जिल्ला अध्यक्ष अम्बर बिष्टको सभापतित्वमा भएको र्यालीको उद्घाटन पार्टीका पूर्व महामन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन् राप्रपाका केन्द्रीय सचिवालय सदस्य भक्ति सिटौला लगायतका केन्द्रीय र जिल्ला तहका नेताहरुले बोलेका थिए ।














Discussion about this post