मोरङको बिराटनगर महानगरपालिका १६ बाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धरान १३ का ३४ बर्षीय रुपक कुमार राईलाई डाईजोलाप १० एम्पुल, लुपीजेसीक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित आज प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post