प्रहरीले धरानबाट खैरो हेरोइनको ओसारपसार तथा कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको पकरी २ घर भएपनि सुनसरीको इनरुवा नगरपालिका ३ बस्दै आएका ५२ बर्षीय राजकुमार सिंह रहेका छन् ।
उनलाई धरान १० को धनकुटे मार्गबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार धनकुटे मार्ग पक्की सडक खण्डमा बुद्ध चोकबाट भोटेपुलतर्फ स्कोरपियोमा जादै गरेका उनलाई रोकेर चेकजाँच गर्दा खैरो हेरोइन वरामद भएको डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
बा १५ च ९०८८ नम्बरको गाडीमा ड्राइभर बस्ने सिटमा लुकाएर राखेको ७७ ग्राम खैरो हेरोइन बरामद गरिएको थियो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post