सशस्त्र प्रहरीमा कार्यरत एक असईले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेपछि गणमा तानिएको छ ।
सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट बीओपी अन्तर्गत गौरीगन्ज गाउँपालिका–२, कोरोबारीस्थित सीमा सुरक्षामा असइ सूर्य कटुवाल खटिएका थिए ।
आइतबार राति बालिकालाई घरभित्रै प्रवेश गरी कटुवालले जबर्जस्ती करणीको प्रयास गरेको पीडित परिवारले जनाएको छ ।
जबर्जस्ती गर्न खोजेपछि बालिका कराएको सुनेपछि अर्को घरभित्र काम गरिरहेकी बालिकाकी आमाले कटुवाललाई नियन्त्रणमा लिएपनि कटुवाल घटनास्थलबाट भाग्न सफल भएका थिए । घरमा बालिका र उनकी आमा मात्र रहेको थाहा पाएपछि मादक पदार्थ सेवन गरी आएका कटुवालले करणीको प्रयास गरेको आरोप छ । पीडित बालिकाका बुबा र चार दाजुबहिनी छिमेकीको घरमा टेलिभिजन हेर्न गएको मौका छोपी उनी आएको परिवारको दावी छ । पिडितको घरदेखि ५ मिनेटको दूरीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट छ ।
घटनालगत्तै असई कटुवाललाई सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापा तानिएको एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । दोषी देखिए कानुनअनुसार कारबाही हुने एसपी पाण्डेले जानकारी दिएका छन् ।














Discussion about this post