झापाको दमकमा एक शिक्षकले आफूले पढाएको विद्यार्थीलाई बलात्कार गरी गर्भ बोकाएर फरार भएको घटना सार्वजनिक भएको छ ।
दमकस्थित एक निजी विद्यालयमा कार्यरत शिक्षकले कक्षा ७ मा पढ्ने १४ वर्षीय बालिकालाई गर्भ बोकाएर फरार भएका हुन् ।
दमकका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाका विषयमा जाहेरी दिन ढिला गरी आएका कारण ती शिक्षक भारतीय भएको र घटनाबारे हल्ला चल्न थाले पछि उनी भागेर भारत छिरेको सूचना प्राप्त भएको जानकारी दिए ।
१४ वर्षीया ती बालिका यति बेला परिवारकै साथमा रहेकी छिन् । विद्यार्थीको पेटमा भने ६ हप्ताको बच्चा रहेको परिवारले जनाएको छ ।














Discussion about this post