झापाको अर्जुनधारामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको छ।
आइतबारदेखि बेपत्ता भएकी मानसिक सन्तुलन गुमाएकी वृद्धाको बिहीबार बिहान कल्भर्टमा शव फेला परेको हो।
वृद्धाको शव जंगलको कल्भर्टमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले वृद्धाको बलात्कारपछि हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ परेका ३५ वर्षीय विशाल बिर्जाले आँफूले बलात्कारपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ ।
वृद्धाको शव पोष्टमोर्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post