सुनसरीको भोक्राहा नर्सिङ ४ बाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोक्राहा नरसिङ ३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका २ का ३७ बर्षीय सुरज राम रहेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साइकलमा आएका दुवैजनालाई आज नियन्त्रणमा लिएको थियो ।
चेकजाँच गर्ने क्रममा २१ बोतल डाइलेक्स डि.सी. र १८० नाइट्रोभेट ट्याव्लेट लागूऔषध फेला पारेर प्रहरीले बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानूनी कारवाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।



















Discussion about this post