सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । सोही अनुसार १५ पुसपछि सातै प्रदेशबाट परीक्षा फारम भर्न मिल्ने गरी तयारी गरिएको हो ।
कोरोना महामारीका कारण ११ चैत २०७६ पछि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब एक सातापछि खुल्ने निश्चित भएको हो ।
सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गततका यातायात कार्यायलबाट हुने भएकोले सोही अनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको छ।
लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आवश्यक तयारी भएको र औपचारिक निर्णय मात्रै हुन बाँकी रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए ।
सबै कार्यालयबाट अनलाइनमार्फत् आवेदन दिन र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन सकिने छ। अब लिने सवारी चालकको परीक्षाबाट लाइसेन्स पनि छिटो दिने गरी व्यवस्था मिलाइने यातायात व्यवस्था विभागले जनाएको छ ।












Discussion about this post