सुनसरीको ईनरुवा नगरपालिका ३ शिवालय टोलबाट लागूऔषधको कारोबारमा संग्लग्न एक महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको कारोबार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीया ममता श्रेष्ठ, ३२ बर्षीय नीरज शिवाकोटी, रामधुनी नगरपालिका ७ का २२ बर्षीय रुपेश माझी र २१ बर्षीय मनिष राईलाई पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



















Discussion about this post