अवैध रूपमा तस्करी गरि भारतर्फत गाँजा लैजान लागेका एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
नेपालबाट चोरी तस्करी गरि २० केजी गाँजा भारततर्फ लैजान खोज्ने सुनसरी बराहा नगरपालिका ७ का ३१ वर्षिय गणेश राईलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
को २ प ४२४१ नम्बरको अटो टेम्पुको सिट मुनी लुकाएर गाँजा भारततर्फ लैजान लागेको अवस्थामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) भुटाहा जहदाका सशस्त्र प्रहरी निरीक्षक जंग बहादुर सिंहको कमाण्डमा खटिएको मोवाइल गस्ती टोलीले बरामद गरेको हो ।
बिओपी भुटहा जहदाका सशस्त्र प्रहरीको टोलीले चेकजाँचको क्रममा मोरङको जहदा गाउँपालिका १ भुटाहाबाट गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।
‘नियमित चेकजाँचको क्रममा भारततर्फ तस्करी हुन लागेको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो,’ एसपी पौडेलले भने, ‘बरामद भएको गाँजा र पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानी विराटनगरलाई जिम्मा लगाएका छौं ।’














Discussion about this post