चारवर्षको अवधिमा २० जना मानिसको ज्यान लिएको कोशी टप्पु वन्यजन्तु आरक्षको मुकुना नामक हात्तीलाई नेल लगाउने निर्णय गरिएको छ ।
सुनसरी प्रशासनले मकुनालाई नियन्त्रणमा राख्न खुट्टामा नेल अर्थात कडी लगाउने तयारी अनुसारको प्रकृया अघि बढाएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले मकुनाले मानवीय क्षति पुर्याउने क्रम बढ्दै गएकाले आरक्षको जंगल भन्दा बाहिर प्रवेश रोक्न नेल लगाएर राख्ने तयारी थालिएको जानकारी दिए ।
उता कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले भने हात्तीलाई नेल लगाउने भन्ने विषय टुङ्गो भैनसकेको जनाएको छ ।
आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले भने, “स्थानीयको मागलाई प्रशासनले सम्बोधन गर्ने प्रयास गरेको छ । सोही अनुरुप नेल लगाउने प्रस्ताव अघि सारिएको हो ।”
यो पनि – कोशीटप्पुको मुकुनाले चार वर्षमा २० जनाको ज्यान लियो, फेरि एकजनाको मृत्यु















Discussion about this post