९ महिनापछि गत मंगलबार सवारी चालक अनुमती पत्रको अनलाइन आवेदन खुल्यो। आवेदन खुले पनि फारम भर्न नसकिएको सेवाग्राहीहरूको गुनासो छ।
निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा सेवाग्राहीले आवेदन फारम भर्न नमिल्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए।
‘हामीले १९ वटा कार्यालयबाट दैनिक ५ हजार आवेदन लिन्छौं। कोटा सकिएपछि फारम भर्न मिल्दैन,’ उनले भने।
विभागले अवेदन फारम आइतबारदेखि बुधबारसम्म विहान ६ बजेदेखि राती १० बजेसम्म भर्न मिल्ने व्यवस्था मिलाएको छ।
९ महिनादेखि बन्द भएको र अहिले अधिक चाप रहेका कारण आगामी एक महिनापछि भने सजिलै फारम भर्न सकिने उनको भनाई थियो ।












Discussion about this post