लागूऔषध सहित प्रहरीले इटहरीका दुईजनालाई पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपलिका १६ हुलास चोकबाट नियन्त्रित लागूऔषध सहित इटहरीका दुईजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा इटहरी २ का ३२ बर्षीय अमित लिम्बू र २७ बर्षीय हेमराज बस्नेत रहेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा २ च ६१११ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कार भित्रबाट लागूऔषध डाईलक्स डि.सी १ गिलेन, नाईट्राभेट २४ ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेट बरामद गरेको छ ।
लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।














Discussion about this post