छुरा प्रहार गरेर नगद र मोबाइल लुटपाट गरी फरार भएका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका घर भई इनरुवा नगरपालिका १ बस्ने २२ बर्षीय गजेन्द्रप्रसाद ठाकुर र सप्तरी महादेवा गाउँपालिका घर भई इनरुवा बस्दै आएका २१ बर्षीय मुकेश मण्डल रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको बिशेष टोलीले पक्राउ गरेको हो ।
दुवैले ४ दिनअघि इनरुवा वडा नं ९ मा छुरा प्रहरी गरी लुटपाट गरेका थिए । प्रहरीका अनुसार इनरुवा नगरपालिका २ का अजय पण्डितलाई छुरा प्रहर गरी नगद तथा मोवाइल लुटपाट गरेका थिए ।














Discussion about this post