झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।
बिहीबार राती ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका ११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका ९ का निराजन पौडेललाई ३ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका १० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाँपालिका ६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका १ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post