इटहरी : नेपाली कांग्रेसका केन्द्रीय तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले कांग्रेसले निर्णायक भूमिका खेलेर देशलाई विकासको बाटोमा लैजाने बताएका छन् ।
इटहरीमा आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सम्बोधन गर्दै नेता कार्कीले विकासको बाटोमा लैजान कांग्रेसले निर्णायक भूमिका खेल्ने बताएका हुन् ।
‘सम्मानित अदालको निर्णयमा काँग्रेस रहेको छ,’ कार्कीले भने, ‘अदालतको निर्णयलाई कांग्रेसले सहर्ष स्वीकार गर्छ ।’
उनले आन्दोलनको रुवरुपलाई परिवर्तित गरेर अगाडि बढ्नुपर्ने तर्क गरे ।
‘खाली हामीले जनतालाई आन्दोलनका निम्ति आह्वान गर्नेमात्र भयौँ भने आर्थिक क्षेत्र संकटतर्फ धकेलिन्छ,’ उनले भने, ‘राजनीति भनेको सेवा हो, व्यापार होइन, राजनीतिले विकास दिनुपर्छ ।’ पछिल्लो समय राजनीतिप्रति युवाहरुमा बितृष्णा बढ्दै गएको उनको तर्क थियो ।
‘कांग्रेस लोकतान्त्रिक अभ्यास गर्ने भएको पार्टी रहेका कारण निर्वाचनमा जानका लागि कहिल्यै डराउँदैन,’ उनले भने ।
दुईतिहाईँ नेकपा सरकार आँफूबीच नै लडेकाले देश दुर्घटनातर्फ मोडिएको उनको भनाई थियो । मुलुकलाई एसियाको समृद्ध मुलुक बनाउनका लागि काँग्रेसले नेतृत्व गर्नुपर्ने तर्क राखे ।
आँफूले विकासको गतिमा फड्को मारेको बताउँदै प्रतिकूल अवस्थामा पनि जनतासँग नियमित सम्बन्ध स्थापित गर्दै आएको उनको भनाई थियो । कोशीटप्पु क्षेत्रबाट जंगली जनावरले दुःख दिने गरेकाले त्यसको नियन्त्रणका लागि अाँफूले अध्ययन गरिरहेको उनले बताए ।














Discussion about this post