इटहरीमा पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती भव्य कार्यक्रम आयोजना गरी मनाईएको छ ।
नेपाल एकीकरण गर्ने शाहप्रति सम्मान गर्दै पृथ्वी जयन्ती मनाइएको हो । पृथ्वी जयन्ती मनाउन बनाइएको समितिले इटहरी चोकमा र्यालीपछि कार्यक्रम आयोजना गरेको थियो ।
पृथ्वी नारायण शाहको भेषभूषामा सजिएका स्थानीय सूर्य निरौलालाई घोडामा चढाएर नगर परिक्रमा गराइएको थियो ।
कार्यक्रममा कृष्णबहादुर न्यौपाने, प्रमुख वक्ता डा. प्रेमसिंह बस्न्यात, पूर्व भूमिसुधारमन्त्री रामकुमार सुब्बा लगायतले बोलेका थिए



















Discussion about this post