‘हाम्रो सुनिश्चित भविष्य नेपाल’ संस्थाको मिल्दो नाममा नयाँ दर्ता नं. राखेर कस्र्ते कागजपत्र बनाई संस्थाको दुरुपयोग भएको पाएको छ ।
संस्थाको नाम र ब्राण्ड दुरुपयोग गर्ने उदेश्यका साथ तेह्रथुम जिल्लाका फेदाप गाउँपालिका वडा न. ३ स्थायी घर भइ हाल बिगत ९ महिना देखि तनहुँ जिल्ला शिुक्लागण्डकी नगरपालिका वडा नंं. ७ बसोबास गर्दै आएका ५३ वर्षिय ईश्वरप्रसाद सापकोटा (किशोर कार्की नामले चिनिने) व्याक्तिले हाम्रो सुनिश्चित भविष्य नेपाल संस्थाको कर्मचारी हुँ भन्दै किर्ते कागज पत्र बनाइ कार्य गरेको पाइएको हो ।
संस्थाको बिधानको फोटोकपीको पहिलो पृष्ठको माथि ३१७० दर्ता नम्बर राखेर बिधानको दुरुपयोग समेत गरेको पाइएको संस्थाकी अध्यक्ष संजु सुवेदीले जानकारी दिईन् ।
असली नाम ईश्वरप्रसाद सापकोटा भएका निजले आँफूलाई ‘किशोर कार्की’ भनेर परिचय दिदै संस्थाको छाप र परिचयपत्र बनाएर १७ जना कर्मचारीहरुलाई बिभिन्न १७ जिल्लाको लागि नियुक्त समेत गरेको र कर्मचारीको नामवली प्रमाणको रुपमा देखाउँदै थप कर्मचारी समेत चाहिएको छ भनेर झुक्याएको समेत पाईको सुवेदीले बताईन्।
यस अघि किर्ते कागज पत्र बनाउने ईश्वरप्रसाद सापकोटाले उपकार भन्ने संस्थामा समेत आँफू आबद्ध भएको भनेर प्रचार गर्दै हिँडेको पाइएको छ ।
Discussion about this post