Monday, August 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मिटरब्याजमा लगानी गरेर भनेजति पैसा असुल्न धम्की, यातना र अपहरणसम्म

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १, २०७७
in समाचार
0
मिटरब्याजमा लगानी गरेर जबरजस्ती पैसा असुल गर्ने पक्राउ
226
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : थोरै पैसा लगानी गर्दै मिटरब्याजका नाममा धेरै असुल्ने ‘नामुद’ गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको छ ।

विराटनगरमा अपराधिक समूह बनाएर आतंक मच्चाइरहेको गिरोहले लगानी गरिएकाहरुले भनेजति पैसा नदिए अनेक धम्की र यातना दिने गरेको घटना बाहिरिएको छ । धम्की र यातना दिँदा पनि नमाने अपहरणसम्मको गैरकानुनी हर्कत गरिरहेको फेला परेको छ । अपहरण गरेर आफ्नो नियन्त्रणमा लिँदै पैसा असुल्ने प्रयास गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

घटनाअनुसार एक वर्षअघि विराटनगर–१५ का ३२ वर्षीय रामकिशोर ठाकुरले विराटनगर महानगरपालिका–९ का ३२ वर्षीय एजाज अहमदको समूहसँग १५ लाख रुपैयाँ ऋण लिएका थिए । एजाज नेतृत्वको गिरोहमा अन्य तीन जना विराटनगर– ९ का ३५ वर्षीय युसूफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खान आवद्ध रहेको अनुसन्धानबाट खुलेको छ । गत पुस ६ गते एजाज पक्राउ परेपछि अरु फरार छन् ।

‘एक वर्षभित्रमा दुई लाख थपेर १७ लाख बुझाउने मौखिक सर्तमा ऋण लिएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘तर परिबन्धमा पारेर ४५ लाखको तमसुक गराएछन् ।’ साथीभाई भएकाले एक वर्षभित्रमा १७ लाख तिर्दा हुने, तर आवश्यक परेका कारण ४५ लाखको कागज गर्नै पर्नेभन्दै एजाजको समूहले ठाकुरलाई परिबन्धमा पारेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

सहमतिअनुसार ठाकुरले १७ लाख रुपैयाँ पनि फिर्ता गरे । तर समयमा कागज गरे अनुसारको ऋण नतिरेकोभन्दै ठाकुरलाई धम्क्याउन र यातना दिन थालेको पाइएको छ । त्यसपछि ठाकुर प्रहरीको शरणमा पुगे । ‘सर्तअनुसार पैसा बुझाएँ । तर त्यतिबेला कागज ४५ लाखको गराएका थिए,’ अनुसन्धानका क्रममा ठाकुरले भनेका छन्, ‘त्यत्रो पैसा दिन सक्दिँन भन्दा मंसिर २५ गते विराटनगरको रोडशेष चोकमा बोलाएर अपहरण गरे । दिनभर आफ्नो कब्जामा राखेर साँझ एक करोड १० लाख रुपैयाँको अलगअलग चेकमा हस्ताक्षर गराउँदै छाडिदिए ।’

एजाज नेतृत्वको गिरोहले दिनभर कब्जामा राखेर ६० लाख रुपैयाँ दिन आफूलाई दबाब दिएको र दिननसक्ने बताएपछि जबरजस्ती हस्ताक्षर गराएर चेक लगेको ठाकुरले अनुसन्धानका क्रममा दिएको बयानमा उल्लेख छ । उनले रोडशेषबाट आफूलाई बा १८ च ८९९५ नम्बरको कारमा राखेर एजाज, फाकिरा, सावन र तनवीरसहितले अपहरण गरेर दिनभर आफ्नो कब्जामा राखी विराटनगर बजार घुमाएको बताएका छन् ।

यो पनि – मिटरब्याजमा लगानी गरेर जबरजस्ती पैसा असुल गर्ने पक्राउ

‘त्यतिबेला मेरो साथमा भएको दुई लाख रुपैयाँ गाडी भित्रबाट खोसे,’ ठाकुरले दिएको जाहेरीमा उल्लेख छ, ‘त्यसपछि खाता रहेको कामना विकास बैंकको चेकमा एक करोड १० लाख रुपैयाँको दुईवटा चेक बनाएर हस्ताक्षर गर्न लगाए ।’ ठाकुरले दिएको जाहेरीअनुसार पुस ८ गते ५० लाख र माघ १० गते ६० लाखको चेक बनाएर हस्ताक्षर गर्न लगाउँदै एजाजको समूहले साँझ ६ बजे देवकोटा चोकमा छोडिदिएको हो ।

उल्लेखित मितिमा पैसा नदिए जे पनि गर्नेभन्दै धम्की दिन थालेपछि ज्यानको बाजी राखेर आफू प्रहरीमा उजुरी दिन पुगेको उनले बताए । ठाकुरले उजुरी दिएको पाँच दिनपछि एजाजलाई पक्राउ गरेर अनुसन्धान थाल्दा उक्त गिरोह मिटरब्याजमा लगानी गर्ने समूह रहेको प्रहरीले पत्ता लगाएको हो ।

त्यही मिटरब्याजी गिरोहविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ताको तयारी गरिएको छ । एजाजसहित फरार रहेका तीनसहित चार जनालाई प्रतिवादी बनाएर प्रहरीले घटनाको अनुसन्धान सक्दै मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको छ । मिसिलको अध्ययन गर्दै वकिल कार्यालयले अभियोगपत्र तयार पारेर शुक्रबार ‘अपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ताको तयारी गरेको हो । प्रहरीले मिसिल बुझाए पनि बुधबार समय अभावका कारण मुद्दा दर्ता हुन सकेन ।

वकिल कार्यालयका अनुसार बिहीबार सार्वजनिक विदा भएका कारण शुक्रबार मुद्दा दर्ता गरिने छ । मुद्दा दर्तासँगै वादी र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस भएपछि अदालतबाट उक्त गिरोहलाई पूर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा छाड्नेभन्ने आदेश हुने छ ।

‘लाखमा लगानी गर्ने र पटक–पटकको ब्याजसहित हिसाब गरेर करोडमा असुल्ने गिरोहका मुख्य नाइके एजाज हुन् । उनीमार्फत अरुले पनि मिटरब्याजमा लगानी गरिरहेको अनुसन्धानबाट खुलेको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘लगानी गरिएकाहरुले पैसा दिन नसके अपहरण गर्ने र गुण्डागर्दी हिसाबले अनेक यातना दिएर असुल्ने गरेको पाइयो । एउटा यस्तै घटना बाहिरिएपछि अनुसन्धान थाल्दा मिटरब्याजको धन्दा बाहिरिएको हो ।’

एसपी खड्काले एजाज पक्राउ परे पनि फरार रहेका अन्य तीन जनाको खोजी तीव्र पारिएको बताए । उनीहरु भारततिर भागेको हुनसक्ने आशंका गरिएको छ । ‘मिटरब्याजी’ गिरोहविरुद्ध कारबाही चलाउन अनुसन्धान सकेर मिसिल सरकारी वकिल कार्यालयमा बुझाइसकिएको र पक्राउ परेका एवं फरार रहेकालाई प्रतिवादी बनाएर मुद्दा दर्ता हुने उनको भनाइ छ ।

त्यस्तै प्रहरीले ‘मिटरब्याजी’ विराटनगर–९ घोघापुल चोकका ४२ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई पनि पुस १६ गते पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । त्यसअघिनै नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाउँदा रौनियारले पनि मिटरब्याजमा रकम लगानी गरिरहेको फेला पारेपछि प्रहरीले उनलाई पुनः पक्राउ गरेको हो ।

एसपी खड्काकाअनुसार रौनियारले विभिन्न व्यक्तिलाई अहिलेसम्ममा ८५ लाख रुपैयाँ लगानी गरेको अनुसन्धानबाट देखिन्छ । मिटरब्याजमा लगाएको त्यो पैसामध्ये अहिलेसम्म दुई करोड ८५ लाख रुपैयाँ असुल गरिसकेको र तीन करोड रुपैयाँ उठाउने क्रममा रहेको खुलेको उनले बताए । ‘८५ लाख लगानी गरेर पाँच करोड ८५ लाख रुपैयाँ असुल्न खोजेको देखिन्छ । त्यो मिटरब्याजमै गरिएको लगानी रहेको खुल्यो,’ एसपी खड्काले भने, ‘व्यक्तिका जग्गा धितो राख्दै थोरै पैसा लगानी गरेर धेरै लाभ लिन खोजेको पाइयो । रौनियारबाट पीडित भएकामध्ये मोरङको विराटनगर, धनपालथान, जहदा, रंगेली, रतुवामाई लगायतबाट १६ जनाको जाहेरी परिसकेको छ ।’

उनले ठगी मुद्दाको अनुसन्धान सकेपछि थप कारबाही अघि बढाउन रौनियारलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा पनि चलाइने बताए । सम्पत्ति शुद्धिकरण विभागमा कारबाहीका लागि बुझाउनलाई अहिले उनले प्रयोग गर्ने बैंक खाता जुटाउँदै जम्मा रहेको रकमका बारेमा बुझ्ने र मालपोत कार्यालयमार्फत जग्गाको विवरण माग्ने काम भइरहेको जानकारी एसपी खड्काले दिए । ‘मिटरब्याजमा लगानी गरेर अवैध हिसाबले असुल्ने ठूलै गिरोह सक्रिय रहेको पाइएको छ,’ उनले भने, ‘विराटनगरमा मिटरब्याजी गिरोहविरुद्धको कारबाही तीव्र पारिएको छ ।’

प्रहरीका अनुसार भनेजति पैसा नदिनेलाई पैसा असुल्नका लागि अनेक धम्की, यातना र अपहरणसम्म गर्ने गरेको भेटिएको छ ।

कोशी अनलाइनबाट ।

 

Tags: #ठगी#विराटनगर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

झापा : झापा र मोरङबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट...

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

भदौ १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.