इटहरी : इटहरीबाट एक युवक हराएका छन् । औषधि लिन जान्छु भनेर घरबाट हिडेका इटहरी १४ गैसारका हसमुदिन नाम गरेका युवक एक महिनादेखि हराएका हुन् ।
उनका बाबु मोहम्मद अजिजका अनुसार पुष ७ गते घरबाट विराटनगरमा औषधि लिन भनेर विहान ११ बजे एक्लै हिडेको भएपनि हालसम्म सम्पर्क बाहिर रहेकाले खोजी गरिदिन अपिल गरेका हुन् ।
“सधैं बाइक सँगै लिएर हिड्ने, त्यसदिन घरमै छाडेर हिडेको रहेछ,” उनले टाकुरासँग भने, “हालसम्म फोन स्वीच अफ छ, प्रहरीमा पनि उजुरी दिएका छौँ ।
उनका अनुसार ईलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको भएपनि भेटिएका छैनन् । हसमुदिनका एक श्रीमती र एक छोरी रहेका छन् ।
कतै भेटिएमा परिवारको 9813243119, 9819061365 नम्बरमा सम्पर्क गरिदिन अजिजले अपिल गरेका छन् ।



















Discussion about this post