सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
गएराती १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे बाट पुरानो रड र तारहरु बोकि ८६ हाईड्रोतर्फ जादैँ गरेको बा ४ ख ७९८० नंम्बरको टिफर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा टिपरमा सवार रहेका बाग्मती नगरपालिका ४ मकवानपुरका ३३ बर्षीय राज कुमार मगर, सुरुङगा नगरपालिका ८ सप्तरीका १९ बर्षीय कृष्णराज चौधरी र धादिङका ३० बर्षीय कमल मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोही दुर्घटनामा घाईते भएका हेटौडा फापरवारीका २२ बर्षीय रमेश मगरको जिल्ला अस्पताल फाल्लुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post