विराटनगर महानगरपालिकामा मोटरसाइकल चोरी गरेर लैजादै गर्दा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरको १२ नम्बर वडास्थित मंगलबारे हटियामा पार्किङ गरी राखेको प्रदेश–१–०२–०४० प ४३७३ नम्बरको मोटरसाइकल चोरी गरी विराटनगरबाट रानीतर्फ लैजादैँ गरेको अवस्थामा महानगर ६ रामपुर बस्ने २० वर्षीय अजय पासवान पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका पासवानमाथी चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post