इटहरी : एनप्याब्सन इटहरीद्वारा आयोजना गरिएको खेलकुद सप्ताहअन्तर्गत फुटबल तर्फको उपाधी महर्षि स्कुलले हात पारेको छ ।
अघिल्लो वर्षको फुटबल च्याम्पियन समेत रहेको महर्षि स्कुलले यो वर्ष पनि उपाधी हात पारेको हो ।
खेल्कुद सप्ताह २०७९ को समापन कार्यक्रममा प्रदेश सांसद रेवतीरमण भण्डारी प्रमुख अतिथि थिए । विजेताहरूलाई उनले पुरस्कृत गरे ।
खेलकुद सप्ताह माघ ५ गतेदेखि ८ गतेसम्म जनता कलेजको प्राङ्गणमा सञ्चालन भएको थियो ।
विद्यालयमा अध्यापनसँगै अतिरिक्त क्रियाकलापको माध्यमद्वारा विद्यार्थी तथा अभिभावकको मन जित्दै आएको विद्यालयले जनाएको छ ।
Discussion about this post