Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

करोडौँ राजश्व उठ्ने यातायात विभाग इटहरीमा पार्किङ स्थल नहुँदा दुर्घटनाको जोखिम

सर्वसाधारणको प्रश्न : सडक विभाग घर भत्काउने, यातायात व्यवस्था बिभाग सडकमा पार्किङ गर्ने ?

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
अशोज ११, २०७७
in टाकुरा विशेष, समाचार
0
करोडौँ राजश्व उठ्ने यातायात विभाग इटहरीमा पार्किङ स्थल नहुँदा दुर्घटनाको जोखिम

आँपगाछीमा रहेको लाइसेन्स वितरण गर्ने ठाउँ अगाडि मुख्य राजमार्गमै गरिएको पार्किङ ।

344
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यातायात व्यवस्था विभाग कार्यालय कोशी, इटहरीको आफ्नै भवन र पार्किङ स्थल नहुँदा अहिले सडकमै सर्वसाधारणले पार्किङ गर्दै आएका छन् ।

इटहरीमा भिन्नाभिन्नै स्थानमा रहेको दुईवटा यातायात व्यवस्था बिभागको कार्यालय नजिकै मुख्य राजमार्गमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

एउटा लाइसेन्स दिने र अर्को बिलबुक नवीकरण तथा सवारी साधन पास गर्ने ठाउँको यातायात नजिकै मुख्य राजमार्गमा पार्किङ गर्दा अहिले ट्राफिक प्रहरीलाई सवारी साधन व्यवस्थापन गर्न धौ – धौ परेको छ ।

इटहरीका नवराज मैनाली भन्छन्, ‘अहिले एकातिर लाइसेन्स रिन्यू र अर्कोतिर गाडी रिन्यू गर्ने ठाउँ छ, यतिबेला गाडी रिन्यू गर्ने ठाउँमा दुर्घटनाको जोखीम बढ्दो छ ।’ उनका अनुसार एउटा सवारी चालक अनुमति पत्र दिने ठाउँ हो भने अर्को सवारी साधन भएको कागजपत्र नवीकरण गर्ने ठाउँ रहेको छ ।

तर, यातायातका कर्मचारीको लापरबाहीका कारण सडकमै सवारी पार्किङ गरिदैँ आएकाले दुर्घटनाको जोखिम बढेको उनको तर्क छ । सार्वजनिक सडकमा यातायात कार्यालयको बेवास्ताका कारण सर्वसाधारणहरु सडकमा नै पार्किङ गर्दै आएको उनले बताए ।

‘यातायात विभागले अहिले बेवास्ता गरेको छ, मैले पनि धेरैपटक जानकारी गराउँदा बेवास्ता गर्ने गरेका छन्,’ मैनालीले भने, ‘यहाँ सडक विभागको पनि दोष छ, यातायात व्यवस्था विभागको पनि दोष छ ।’ उनले आयोजना कार्यालयले कमजोर पक्षतिर छिटै काम गर्ने तर अन्यतिर भने नगर्ने गरेको आरोप लगाए ।

आफ्नो कार्यालय आफैँ व्यवस्था गर्न नसक्नु र अहिले जनताको घर भत्काएर यातायात कार्यालयले दादागिरी गर्ने गरेको उनले बताए ।

इटहरीका विशाल रेग्मीले भने यातायात व्यवस्था विभागको चरम लापरबाहीका कारण अहिले दुर्घटनाको जोखिम रहेको तर्क गरे ।

उनले भने, ‘सवारी ओहोर दोहोर गर्ने ठाउँमै पार्किङ स्थल छ, करोडौँ राजस्व उठ्ने यातायात कार्यालयको आफ्नै पार्किङ स्थल नहुनु कतिको जायज हो ?’ उनले करोडौँ रुपैँया राजस्व उठ्ने यातायात कार्यालयको आफ्नै पार्किङ स्थल नहुँदा जनता हैरानीमा रहेको बताए ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा भन्छन्, ‘ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागको अगाडि गएर पार्किङको व्यवस्था गर्ने होईन । हामीले सडक व्यवस्थापन गर्ने हो ।’

उनले अहिले ट्राफिकले सडक व्यवस्थापन भन्दा पनि पार्किङ लगायतका कुरामा ध्यान दिनु परिरहेकाले समस्या रहेको सुनाए । शर्माले ट्राफिक प्रहरीको अभाव रहेको समयमा पनि यातायात व्यवस्था विभागको अगाडि पार्किङका समस्यामा मात्र केन्द्रीत हुनुपरेको गुनासो गरे ।

हलगडामा रहेको सवारी पास तथा बिलबुक नवीकरण गर्ने ठाउँ अगाडि मुख्य राजमार्गमै गरिएको पार्किङ ।

यता, यस बिषयमा यातायात व्यवस्था विभाग इटहरीका सवारी पास गर्ने कार्यालयका प्रमुख राजकुमार गुप्ताले भने आँफूहरुले पार्किङ गर्ने ठाउँ खोजिरहेको प्रतिक्रिया दिए ।

‘पार्किङको लागि अगाडिको जग्गावाला सँग कुरा गरिहरेका छौँ,’ गुप्ताले टाकुरासँग भने, ‘हाम्रो नयाँ बिल्डिङ बन्ने कुरा छ, बन्यो भने समाधान हुन्छ, अहिलेका लागि त्यहीँ बिकल्प खोज्दैछौँ ।’ उनले अहिले यातायातको आफ्नै पार्किङ स्थल नहुँदा समस्या रहेको स्वीकार गर्दै आँफूहरुले जग्गा खोजिरहेको बताए ।

उता सडक विभागका इन्जिनियर सागर बडालका अनुसार इटहरीदेखि तरहराको पानीपिया सम्म करीब ५ किलोमिटर सडकमा पूर्णरुपमा तीनवटा घरमा क्षती भएको छ ।

बडालले टाकुरासँग भने, ‘तरहरादेखि आँपगाछीको यातायातसम्म हालसम्म सडक निर्माण गर्दा पूर्ण रुपमा ३ वटा घर भत्किएका छन् । आशिंक रुपमा एक चौथाई घर भत्किएको अवस्था छ ।’

मुख्य राजमार्गमै घर भएको स्थानमा ६५ फुट मात्रै सडक निर्माण गर्दा पनि तीनवटा घर भत्किएको र अन्य स्थानमा ८२ फुटको काम भएको उनले बताए । अहिले यातायात व्यवस्था विभागले भने सडकमा पार्किङ गरेको बिषयमा उनले ६ लेनको सडक पूर्ण रुपमा निर्माणको काम नसकिएकोले बाटोमा पार्किङ गरेको प्रतिक्रिया दिए ।

‘अहिले निर्माणकै क्रममा छ, भोलिका दिनमा सडक वान–वे हुन्छ,’ उनले भने, ‘वान–वे सडक भएपछि कुनै पनि हालतमा बाटोमा पार्किङ हुँदैन, म आफैँ पनि हिँडेर हुन्छ वा प्रशासन गुहारेर हुन्छ सडकमा पार्किङ गर्न दिनेछैन ।’

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
FEATURE BREAKING

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद
FEATURE BREAKING

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।...

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    309 shares
    Share 124 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.