Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

गोली लागेर बाँचेका ज्यूँदा इतिहास सीपीलाईं गुजारा टार्न नै समस्या, पार्टीका नेताले ‘सपोर्ट’ नगर्दा भिखारी सरह सडकमा भौतारिदैँ

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
कार्तिक ७, २०७७
in टाकुरा विशेष, समाचार
0
गोली लागेर बाँचेका ज्यूँदा इतिहास सीपीलाईं गुजारा टार्न नै समस्या, पार्टीका नेताले ‘सपोर्ट’ नगर्दा भिखारी सरह सडकमा भौतारिदैँ
270
SHARES
Share on FacebookShare on Twitter

इटहरी : हरेक व्यक्तिका सपना थुप्रै हुन्छन् । थोरै सपना पूरा भएमा मानिस खुसी हुन्छन् ।

राजनीतिक परिवर्तनसँगै देशको आर्थिक र सामाजिक फड्को मार्ने सुनौलो सपना साचेर माओवादी जनयुद्दमा लागेकालाई के दियो ?

थुप्रै टाठाबाठाले राजकीय पद पाए भने कतिपयले आर्थिक रुपमा छलाङ् मार्न सफल भए । कतिपयको राजनीतिक जीवन बदलियो । तर, इटहरीका चन्द्रप्रसाद दाहाल उर्फ सीपी दाहाललाईं दैनिक गुजारा टार्न नै धौ धौ छ ।

निलो कलरको सर्ट, छुस्स फुलेका दाह्री, भोकाएको पेटले कोही आउँने आशमा ठीक इटहरी उपमहानगरपालिका गेट अगाडि उनी बसिरहेका हुन्छन् । विहानको ८ बज्दा नबज्दै एकाध मानिसहरु आउँछन् । उनीसँग भेट हुन्छ र एउटा चिया पसलमा गएर नास्ता खान्छन् ।

मनबाट खुशीको कान्ति हराएपनि मुहारबाट भने हराएको छैन । यसरी पूर्वी नेपालको ठूलो सहर इटहरीको फुटपाथमा आफ्नो जीवनसँग जिस्किरहेका छन् दाहाल । उनी भिखारी सरह सडकमा भौतारिदै हिड्ने गरेका छन् ।

०३६ जेष्ठ ८ गते झापामा जन्मिएका उनले कर्मथलो इटहरी बनाए । आफ्नो अध्ययन र परिवार पनि इटहरीमा राम्रैसँग चलिरहेको थियो ।

०४९ सालमा आफ्ना बाबु बितेपछि विक्षिप्त बनेका दाहालको बालापन कहिले घाँस, दाउरा बोकेर त कहिले पत्रपत्रिका बेचेर बित्यो । ०५५ सालमा तत्कालिन अनेरास्ववियूबाट राजनीति थालेका उनले त्यस समयमा भादगाउँ सिनुवारी ईकाई कमिटि अध्यक्ष हुँदै संगठनमा लागि परे ।

‘पार्टीलाई सहयोग गर्दै स्कूल बेलाबखत जाने गर्थेँ,’ उनले आफ्नो विगत सम्झदैँ भने, ‘पार्टीमा लाग्दा गाँस, बास, कपास सबै कुराको ग्यारेन्टी हुन्छ भन्ने विचारमा केन्द्रीत भएपछि राजनीति सुरु गरेँ ।’

उनले आँफूलाई देवहरी रिजाल, रोहित कोईराला, राम कार्की लगायतले पार्टीमा लागेमा सबै कुराको ग्यारेन्टी हुने बताएकाले आँफू राजनीतिमा सक्रिय भएको सुनाउँदै भने, ‘पार्टी बलियो बनाउँनुपर्छ, आँफ्नो पनि ग्यारेन्टी हुन्छ भन्ने विश्वासले राजनीतिमा होमिएको हुँ, अहिले आफ्नो समस्या पूरा नभएपनि समग्र राज्यका पीडित समुदायको आशा केही भएपनि समाधान हुँदा खुशी पनि लाग्छ ।’

तत्कालिन समयमा अनेरास्ववियूको संगठन सुदृढ नभएपछि तत्कालिन अखिल क्रान्तिकारी भासी माध्यमिक विद्यालयको अध्यक्ष भएर आँफूले नेतृत्व लिदैँ संगठनको जिम्मेवारीमा रहेर काम गरेको उनले सुनाए ।

‘बेला–बेला त ती दिन सम्झिदाँ भावुक हुन्छु, अहिले निराशतामा दिन बित्दैछ,’ उनले टाकुरालाई सुनाए, ‘०५८ सालमा संकटकालको समयमा पक्राउ परेपछिका दिनहरु भने अहिलेसम्म नै कठीन रुपमा वितिरहेको छ ।’

०५८ फागुन ८ गते संकटकालको समयमा संगठन निर्माण गर्ने क्रममा नेपाली सेनाले पक्राउ गरेपछि गोली प्रहार गरेको सम्झदाँ उनी भावुक बने । तत्कालको सुनसरीस्थित चाँदबेला गाविस ३ बाट पक्राउ गरी दुईपटक गोली प्रहार गरेको सुनाउँदै उनले भने, ‘सेनाले दुईपटक गोली प्रहार गर्यो, पहिलोपटक गोली प्रहार गर्दा कम्मरमुनी लागेको थियो, त्यसपछि भने केही थाहा नै पाईँन ।’

दाहालले आँफूलाई गोली लागेको कुरा सम्झिएपछि आँफूलाई असहज भएको बताए । ‘बेला–बेला त शरीर दुखेर निकै साह्रो पार्छ, एकछिन जिउ तन्काउँछु है,’ कुरा गरिरहेको ठाउँबाट एकछिन उनी उठे र शरीर यताउता तन्काउन थाले ।

गोली लागेपछि सेनाले घिस्याउँदै ल्याएर पानीमा आधा शरीर र आधा टाउको बनाएर छाडेको र पछि प्रहरीले पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल ईनरुवा लगेको उनले बताए । भने, ‘आधा शरीर पानीमा र आधा जमीनमा थिएछ, यो मान्छे मर्यो भनेर प्रहरीले पोष्टमार्टम गर्न लैजादाँ जीवित देखिएपछि धरानको घोपामा उपचार गर्न लगिएछ ।’

उनले एकैपटक आँफ्नो वैशाख १७ गते मात्रै होस खुलेको र होस खुल्दा एउटा हातमा हतकडी लगाईएको बताए ।

‘वैशाखमै डिस्चार्ज भएपछि ईलाका प्रहरी धरानमा मध्यराती लगियो, त्यहीदिन फुस्रेमा सेनालाई जिम्मा लगाईयो,’ सीपी सुनाउँछन्, ‘त्यतिखेर हिड्न सक्दिनथेँ, उनीहरुले दुईतिरबाट झुण्ड्याउँदै लगे ।’

करीब दुई साता धरानको फुस्रेमा सेनाले राखेपछि इटहरीमा रहेको पूर्वी पृतना हेडक्वाटरमा ल्याईएको उनले सम्झे । ‘पृतनामा त हातको औँलामा करेन्ट लगाईयो, सेनाले आतंककारी भनेर उपनाम नै दियो,’ सीपीले अलिक भावुक हुँदै सुनाए, ‘नेताहरुले बम बारुद बनाउँने ठाउँ सोध्यो, नेताहरु बस्ने सेन्टर सोधेर दुई महिनासम्म मानसिक यातना दियो ।’

उनले आँफूलाई नेताहरुको बारेमा सोधपनि आँफूले अडान नछाडेको सुनाए । ‘पार्टीलाई मैले दिएको बचन र प्रतिबद्धताले कहिल्यै पनि पार्टीको बारेमा भनिन ।’ दाहालले सुनाए ।

उनले आँफूलाई धेरैपटक, धेरै कारण देखाउँदै पार्टीको बारेमा सेनाले अनुसन्धान गर्दा पनि केही जानकारी नदिएको बताए । आँफूलाई नाङ्गै बनाएर करेन्ट लगाउँदा समेत आँफूले पार्टीको बारेमा नभनेको र ०५९ सालको युद्धविरामपछि छाडिदिएको बताए ।

‘गोली लागेको समयदेखि अहिलेसम्म एकोहोरो बस्न पनि सक्दिन, हिँडिरहन पनि सक्दिन,’ दाहालले भने, ‘रातको निद्रा शक्तिशाली हुँदैन, खाने बस्ने ठाउँ सबल छैन, त्यसकारणले पनि शरीर दुखेको होला ।’

उनले आफ्नो उपलब्धी बिनाको हिँडाई रहेको बताउँदै भन्छन्, ‘आफ्नो स्थिति दयनीय भएकै कारणले साथीभाईको पर्खाइमा हुन्छु, यसरी नै दैनिकी चलेको छ ।’ ०६० सालको वार्ता भंग भएपछि पुनः आँफू गिरफ्तारमा परेको उनले सम्झिए ।

पुनः गिरफ्तार गरी नेपाली सेनाले पृतनामा ल्याएको उनले बताए । ‘तँ मरेर पनि माओबादी नछाड्ने भनेर सेनाले यातना दियो,’ उनले भने, ‘एक महिनासम्म मलाई त्यहाँ राख्दा कहिले गीत गाएर बसेँ, कहिले भावुकतामा बसेँ ।’

आँफूलाई जस्तोसुकै यातना दिएपनि आत्मसमर्पण नगरेको कुरा सम्झदैँ उनले अदालतमा रिट समेत हालेको बताए । तत्कालिन वकिल हेमराज पन्तको इजलासले आँफूहरुको पक्षमा घोषणा गरिदिएपछि जीवन सहज बन्दै गएको उनले सुनाए ।
०६४ सालमा संविधान जारी भएपछि आँफूहरुले ‘नौलो विचारको नयाँ अनुहार’ नामक किताब समेत प्रकाशन गरेको र उक्त किताबमा उमेद्धार नेताहरुको जीवनी समेटेको उनले सुनाए ।

‘सेनाले पक्रिदाँ नेताहरुको नाम भनेको भए जाकिन्थे,’ उनले सम्झे, ‘मलाई अहिले जीवन धिक्कार जस्तो लाग्न थालेको महसुस हुन्छ ।’ आँफूले ०६६ सालमा विवाह गरेपनि पारिवारिक सम्बन्ध सुमधुर बन्न नसकेको सम्झदाँ उनी बेला–बेला बिक्षिप्त बन्छन् ।

‘उर्लाबारीकी केटीसँग विवाह गरेँ, पारिवारिक जीवन धान्न गाह्रो भएपछि ०७२ सालमा डिभोर्स भयो,’ उनले पारिवारिक सम्बन्धबारे सम्झदैँ सुनाए, ‘समाजले नैतिक स्वार्थका कारण उचाल्ने र अनेक लाञ्छना लगाउँने गरेका कारण पािरवारिक जीवन सुखद् रहेन ।’

आँफूले सो समयमा इटहरीको वीपी चौकमा रहेको एक कम्पनीमा सेक्युरिटीको जागीर समेत खाएको दाहालले बताए । तपाईँहरु जस्तै माथि टेकेर माथि पुग्नेहरु पनि छन् नि भन्ने प्रश्नमा उनले गहिरो जवाफ दिए ।

भने, ‘हामीजस्ता योद्धामाथि टेकेर माथि पुग्नेहरु पनि छन्, यो बेलामा जीवन धिक्कारजस्तो लाग्छ, मैले उठाएका आवाजहरु बेकार जस्तो लाग्छ ।’

उनले अहिलेको समयमा आँफूले उठाएका आवाज बेकारजस्तो महसुस हुने गरेको सुनाए । ‘साथीहरुले जीवन बनाए त्यता हेर्दा खुशी पनि लाग्छ,’ उनले टाकुरासँग भने, ‘मैले सोचेका जनताको सपना पूरा भएको सम्झदाँ खुशी हुन्छु ।’ निर्बल मानिसहरुले पनि नेतृत्व पाउँनुपर्ने उनको तर्क छ ।

‘निर्बल मानिसहरुले नेतृत्व नपाउँदा धिक्कार लाग्छ, अब फेरिपनि रगतको खोलो बग्नु हुँदैन,’ बसेको ठाउँबाट उठ्नु अगाडि आँखातिर हात लैजादैँ उनले भने । उनले अहिले आमालाई आफ्नी दिदीकोमा राख्दै आएको सुनाए ।

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । दाहालको न बस्ने ठेगान छ, न त खाने । बिरामी, साह्रो, गाह्रो पर्दा कसलाई, के सहयोग माग्ने भन्ने पनि अन्यौलमा उनको जिन्दगी गुज्रिरहेको छ । पार्टीका नेताले कुनै सपोर्ट गरेका छैनन् ।

सीपी जस्तै अन्य सीपीहरुको जनयुद्धको आलो घाउमा राज्यले मल्हमपट्टी लगाउन आवश्यक छ ।

Tags: #इटहरीटाकुरा विशेष
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका पाँच जनालाई प्रहरीले...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : तेह्रथुम र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका–९ बगाले होटल अगाडि...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

भदौ ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

भदौ ११, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.