Saturday, May 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोरोना पोजेटिभ देखिएका इटहरीका एक वडाध्यक्ष खुलेआम सक्रिय, स्थानीयमा त्रास

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीमा आज बिहान २० जनामा कोरोना सङ्क्रमण पुष्टि
575
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा बस्नका लागि आह्वान गर्ने निकाय नै खुलेआम सक्रिय हुँदा स्थानीयमा त्रास बढेको छ ।

इटहरी उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष हर्कबहादुर मगरलाई कोरोना पुष्टि भएपछि उनी खुलेआम सक्रिय भएका कारण स्थानीयमा त्रास बढेको हो ।

आँफूलाई कोरोना पोजेटिभ रिपोर्ट आएको पुष्टि भएपछि पनि उनी वडा कार्यालयमा गएको र काम गरेका कारण स्थानीयमा त्रास छाएको छ । मगरले गत कार्तिक २६ गते परीक्षणका लागि स्वाब दिएका थिए भने उनलाई २८ गते रिपोर्ट पोजेटिभ आएको इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सरकारले बनाएको स्वास्थ्य प्रोटोकलले पनि १४ दिन आईसोलेसनमा बस्नुपर्ने बताएपनि १४ दिन अगावै मगर कार्यालयको काममा गएका थिए ।

स्थानीय एकजनाले नाम नखुलाउने सर्तमा भने, ‘वडाध्यक्ष ज्यूलाई कोरोना पोजेटिभ आएपछि पनि उहाँ वडाका काममा सक्रिय हुनुहुन्छ, यसकारणले पनि हामी त्रासमा बस्न बाध्य भएका छौँ ।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि हाल सरकारले स्थानीय तहलाई जिम्मेवारी दिएको छ । सो को कार्यान्वयन गर्ने दायित्व बोकेका वडाध्यक्ष स्वयम् नै आईसोलेसनमा बस्नुपर्नेमा बाहिर सक्रिय बनेपछि समस्या चुलिदैँ गएको वडाबासी बताउँछन् ।

रोग नियन्त्रणका लागि मुलुकी अपराध संहिता २०७४ को दफा १०४ ‘क’ मा कसैले कसैको ज्यानलाई खतरामा पु¥याउनसक्ने कुनै पनि किसिमका सङ्क्रामक रोग फैलाउन नहुने र जानाजान फैलाउने कार्य गरेमा १० बर्ष कैद वा एक लाखसम्म जरिवाना, लापरबाहीपूर्वक गरेको भए ५ बर्ष कैद वा पचास हजार रुपैँया जरिवाना र हेलचेक्क्राईपुर्वक गरेको भए तीन बर्ष कैद र तीस हजार जरिवाना उल्लेख गरिएको छ ।

तर, सर्वसाधारणले कानुन उल्लङघन गरेको खण्डमा कानुन अनुसार कारबाही गराउने दायित्व बोकेका वडाध्यक्षले नै कानुनको ठाडो उल्लङघन गर्नु हितकारी नभएको वडाबासीको तर्क रहेको छ ।

यता वडाअध्यक्षले भने आफ्नो रिपोर्ट नभएको र सेवाग्राही आएकाले काम गरेर पठाएको प्रतिक्रिया दिए ।

उनले भने ‘मेरो रिपोर्ट होइन त्यसैले जनताको कामका लागि लागि परेको हु ।’

उता इटहरी उपमहानगरपालिकाका कोरोना फोकल पर्सन घनश्याम सिग्देलले भने वडाध्यक्ष मगरको रिपोर्ट रहेको पुष्टि गरेका छन् । उनले भने, ‘यो मानवीय कमजोरी हो । तर उहाँको भिटिएम नम्बर मिल्छ भिटिएम नम्बरका आधारमा उहाँकै रिपोर्ट हो ।’

कोरोना पोजेटिभ भएपछि वडाध्यक्ष मगरले सदस्य दुर्गा धमलालाई कार्यबाहक दिएका थिए । आँफूलाई कार्यबाहक दिएपनि नागरिकता सिफारिसको अधिकार नदिएकोले उनले नै सही गरेको बताईएको छ ।

‘आँफूले पाएको अधिकारको कुनै काम रोकिएको छैन । तर अधिकार नपाएको काम उहाँ आफैले गर्नुहुन्छ ।’ उनले भने ।
२६ गते स्वाब दिएका उनले कार्तिक २९ गते, मंसिर ३ गते र ७ गते कार्यालयमा गई सेवाग्राहीको काम गरेका थिए ।

Tags: #इटहरीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?
FEATURE BREAKING

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो समय भइरहेका सरकारको गतिविधिप्रति असन्तुष्ट जनाएका छन्। अहिले सुकुम्बासीको नाममा संरचना हटाउने कार्यप्रति...

मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
समाचार

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

by रासस
बैशाख १९, २०८३
0

झापा : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1525 shares
    Share 610 Tweet 381
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    491 shares
    Share 196 Tweet 123
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.