गुरुकुल मिडिया प्रालिद्धारा सञ्चालित टाकुरा न्यूजमा विभिन्न मितिमा प्रकाशित यातायात कार्यालयको भवन सारिन लागेको सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ ।
मेरो सामाजिक प्रतिष्ठामा आँच पुर्याउने तबरले तथ्यहिन समाचार प्रकाशित भएकोमा आपत्ती छ । इटहरी ८ मा विगत डेढ वर्षदेखि यातायात व्यवस्था क्षेत्रीय निर्देशनालयको भवन बसेको छ ।
निर्देशनालयलाई हाल कुनैपनि भवन भाडामा लिनुनपर्ने र सूचना पनि प्रकाशित गर्न आवश्यक छैन ।
तर, निर्देशनालयको नाम जोडेर तयार गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
यातायात व्यवस्था विभाग सवारी चालक अनुमति पत्र कोसीले सूचना प्रकाशित गरेपनि क्षेत्रीय निर्देशनालयको त्यसमा कुनै सम्बन्ध हुँदैन । घरभाडा सूचना निकाल्ने कार्यक्षेत्र निर्देशनालयको नभई सम्बन्धित कार्यालयको नै हो ।
मैले सेटिङमा कार्यालय सार्न लागिएको जसरी भ्रमपूर्ण समाचार लेखिएको छ । मैले हालसम्म कुनै पनि सेटिङ गरेको छैन ।
हालसम्म ०७३ मा मालपोत कार्यालय धरानका लागि कृषि विकास बैँक धरानको लागि र ०७६ मा यातायात व्यवस्था विभाग कोसीका लागि घरभाडा सम्झौता गरेको छु । र, त्यसपश्चात कुनै पनि घरभाडाको सम्झौता गरेको अवस्था छैन ।
त्यसैले जसरी समाचार प्रकाशित भएको छ । यो स्वच्छ पत्रकारिताको आचारसंहिता विपरीत रहने मेरो ठम्याई छ ।
भीम गौतम
निर्देशक
यातायात व्यवस्था निर्देशनालय
प्रदेश नं. १ इटहरी, सुनसरी
Discussion about this post