तेह्रथुम: तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको अभियोगमा छथर गाउँपालिका २ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
नेपालीले बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय वसन्तपुरबाट गएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post