सुनसरी : आत्महत्या गर्ने उद्देश्यले सप्तकोसीमा हामफालेका बृद्धको नेपाल प्रहरीले उद्धार गरेको छ ।
बृद्धको कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजबाट उद्धार गरेको अस्थायी प्रहरी चौकी कोशी ब्यारेजले जनाएको छ ।
कोशी ब्यारेजको १ नम्बर ढोकाबाट नदिमा हामफालेका मोरङ पथरीसनिश्चरेका ७६ वर्षीय केदार पटेलको बिहीबार नेपाल प्रहरी उद्धार गरेको हो ।
कोसीमा हामफालेको देखेपछि कोशी ब्यारेजस्थित अस्थायी प्रहरी चौकीबाट असई नेतृत्वको नेपाल प्रहरीको टोलीले बृद्धको सकुशल उद्धार गरेका हुन् । घटना सम्बन्धमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।












Discussion about this post