इटहरी (डेस्क) : झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृत घोषणा गरेको र दुर्घटनामा गम्भीर भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको हो।














Discussion about this post