ईलाम : ईलाम सूर्योदय नगरपालिका ३ रुङसुङमा आज विहान ११ बजे पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ४३ वर्षीय रेसम बहादुर राय रहेका छन् ।
मे १ ज १२४१ नम्बरको फिकअप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाबाट घाइते भएका उनको उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।














Discussion about this post