इटहरी : इटहरी उपमहानगरपालिकामा अपाङ्गता सञ्जाल गठन भएको छ ।
दिलकुमारी राईको संयोजकत्वमा उक्त सञ्जाल गठन भएको हो । संजालको उपाध्यक्षमा रमानन्द खत्वे, सचिव रामु कार्की, सहसचिव राम वहादुर भुजेल र कोषाध्यक्ष रीता पौडेल रहेका छन् । सञ्जालमा इटहरीको २० वटै वडावाट प्रतिनिधित्व रहेको छ ।
इटहरीका प्रत्येक वडाहरुमा अपाङ्गता भएका ब्यक्तिहरुलाई संगठित गर्दै वडा मिलिजुली समूह गठन गरिने र त्यसलाई टोलहरुमा समेत विस्तार गरिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।
इटहरीमा अपाङ्गता सम्वन्धी योजना तर्जुमा, कार्यावन्यन र अनुगमनमा समेत अपाङ्गता भएकाहरुलाई सहभागिता गराउन टोल–टोलसम्म समूह गठन गर्न लागिएको उपमहानगरले जनाएको छ ।
इटहरी अपाङ्गता सञ्जालले यहाँ संचालित अपाङ्गता रोकथाम तथा नियन्त्रण कार्यक्रम कार्यावन्यनमा सहयोग पुर्याउने छ ।














Discussion about this post