Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home धर्म/संस्कृति

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
in धर्म/संस्कृति, समाचार
0
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ
108
SHARES
Share on FacebookShare on Twitter

इटहरी : श्रीकृष्ण जन्माष्टमी उत्सवलाई समापनका लागि गरिने श्रीकृष्ण रथयात्रा इटहरीलगायत कोशीका विभिन्न जिल्लामा समापन गरिएको छ । हरेक साल कृष्ण जन्माष्टमीपछि रथयात्रा गर्ने प्रचलन रहेको छ । सुनसरीको इटहरीस्थित विराटनगर लाइनमा रहेको राधाकृष्ण मन्दिरको आयोजनामा हरेक साल रथयात्रा निकालिन्छ ।

यसपालि पनि श्रीकृष्ण रथयात्रामा हजारौँको सहभागितामा इटहरी बजार परिक्रमा गरेर रथयात्रा समापन गरिएको आयोजकले जनाएको छ । कोशी प्रदेशको सबैभन्दा ठूलो रथयात्राका रूपमा विराटनगरको रथयात्रालाई लिइने गर्छ । करीब दश हजार भक्तजनको उपस्थितिमा रथयात्रा यस वर्ष पनि निकालिएको छ । विराटनगर मेनरोड हुँदै बजार परिक्रमा गरी रथयात्राको समापन गरिएको छ ।

त्यसैगरी सुनसरीकै धरान, झापाको दमक र उदयपुरको गाईघाटलगायत बजार क्षेत्रमा पनि भक्तजनको उल्लेख्य सहभागितामा रथयात्रा निकालिएको थियो ।

गत श्रावण महिनामा सुनसरीको देवानगञ्जमा भएको हिन्दु मुस्लिम झडपपछि सुरक्षाका दृष्टिकोणले कोशी प्रदेश संवेदनशील मानिन्छ । प्रशासन संयन्त्र सजग रहँदै रथयात्रामा उल्लेख्य प्रहरी परिचालन गरेको थियो । सुरक्षा संयन्त्रको तैनाथीका कारण रथयात्रामा कुनै पनि मानवीय घटना भने हुन पाएन भने शान्तिपूर्वक समापन भएको छ ।

विराटनगरमा शान्तिसुरक्षामा खलल पुर्‍याउने ९० पक्राउ
विराटनगरमा आयोजित ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले ९० जनालाई पक्राउ गरेको छ । रथयात्रामा सहभागी तथा दर्शकहरूको भीड बढ्दै गएपछि सुरक्षा व्यवस्था कायम गर्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मोरङ प्रहरीका अनुसार रथयात्राका क्रममा शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अवाञ्छित गतिविधि रोक्न सुरक्षा टोली परिचालन गरिएको थियो । पक्राउ परेकामध्ये केहीलाई अनुसन्धानपछि आवश्यक प्रक्रिया पूरा गरी छाडिने प्रहरीले जनाएको छ ।

विराटनगरमा पनि रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थानीय प्रशासनले रथयात्रामा सहभागी सबैलाई अनुशासित भएर सहभागी हुन तथा सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको थियो ।

Tags: #विराटनगरश्रीराधाकृष्ण रथयात्रा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    822 shares
    Share 329 Tweet 206
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.