Friday, August 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीको रोयल पाण्डा कन्सल्टेन्सीले ठगी गरेपछि भत्किएको सपना…

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
चैत्र ५, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीको रोयल पाण्डा कन्सल्टेन्सीले ठगी गरेपछि भत्किएको सपना…
1.2k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : भोजपुरको रामप्रसादराई गाउँपालिका ५ मानेभञ्ज्याङका मीन बहादुर थापाले थाइल्याण्ड जानका लागि इटहरीमा सञ्चालित रोयल पाण्डा एजुकेशन कन्सल्टेन्सीमा दुई लाख ७० हजार रुपैँया बुझाए ।

उनले आँफूले उक्त रकम बुझाएसँगै विदेश गएर परिवारलाई सुखी जीवनयापन बिताउनका लागि सुनौलो सपना बुनेका थिए । तर, उनको सपना साकार हुनु अगावै भत्किएको छ ।

‘गत ४ तारिकमा थाइल्याण्ड जानका लागि रकम बुझाएको थिएँ, तर त्यसको दुईदिनपछि सञ्चालकहरु बेपत्ता भएपछि यतिबेला यता न उता भएको छु,’ उनले टाकुरासँग भने, ‘थाइल्याण्डमा राम्रो कमाइ हुने र राम्रै काममा लगाइदिने आश्वासन पाएसँगै पैसा बुझाएको थिएँ, विदेश गएर परिवारलाई सहज जीवन निर्वाहका लागि केही पैसा कमाउने सपना भत्किएको छ ।’

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै उक्त कन्सल्टेन्सीबाट ठगिएका तीन दर्जन बढी युवाहरु छन् । उनीहरुले बुधबार इटहरी ६ मा रहेको रोयल पाण्डा कन्सल्टेन्सी अगाडि भेला भएर सञ्चारकर्मीसँग आफ्ना समस्या राख्दै आक्रोशित भएका छन् ।

सञ्चालकद्धय दीपकप्रसाद ढुंगेल र विशाल आचार्यले ३७ जना युवाहरुबाट एक करोड २६ लाख रुपैँया रकम उठाएर हाल बेपत्ता भएकाले पीडितहरु आक्रोशित भएका हुन् ।

इटहरी १८ का लक्ष्मण कुमार चौधरीले भने आफूलाई दुवहीमा राम्रो कम्पनीमा काम लगाइदिने भन्दै कन्सल्टेन्सीले दुई लाख ६५ हजार रुपैँया लिएको थियो । उनले अघिल्लो महिनाको १ र २ तारिक गरी उक्त रकम बुझाएका थिए । तर, ६ तारिकदेखि सञ्चालकद्धय ढुंगेल र आचार्य फरार भएपछि आँफू समस्यामा रहेको सुनाए ।

भने, ‘विदेश पठाइदिने र राम्रो काम लगाइदिने भन्दै आश्वासन दिएका मानिसहरु अहिले सम्पर्कबिहीन हुँदा समस्या आइपरेको छ ।’

इटहरी ६ मा सञ्चालित रोयल पाण्डा कन्सल्टेन्सी ।

इटहरी ९ कै रोनिस चौधरीले पनि फ्रान्स जानका लागि दुई लाख रुपैँया बुझाएपनि अहिले आँफू अलपत्र अवस्थामा पुगेको बताए ।

उनले भने, ‘सुरुमा डकुमेन्ट फरवार्ड गर्नका लागि अग्रिम दुई लाख रुपैँया माग गरिएको थियो, जम्मा दश लाख लागत लाग्ने भनेको थियो ।’ उनका अनुसार कन्सल्टेन्सीले फ्रान्स पठाइदिने र राम्रो कामको ग्यारेण्टी लिएको थियो । तर, अहिले उनीहरु बेपत्ता हुँदा समस्याले च्यापेको चौधरीको भनाइ थियो ।

इटहरी ५ का शक्तिमान तामाङले आँफूले ऋण गरेर रकम बुझाएपनि अहिले विदेश जान नपाउँदा ब्याज तिर्न समेत समस्या रहेको उल्लेख गरे । उनले टाकुरासँग भने, ‘ऋण खोजेर बुझाएको रकमको अहिले ब्याज समेत तिर्न नसक्दा बिचल्ली भएको छ, फ्रान्सका लागि डकुमेन्ट पेश गरेको भएपनि अहिले घर न घाटको अवस्था भयो ।’

उनले पीडकलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राखेका छन् । इटहरीमा बुधबार करीब दुई दर्जन युवाहरुले सञ्चालकलाई कुनै पनि हालतमा कारबाही हुनुपर्ने र आफ्नो पैसा फिर्ता हुनुपर्ने माग राखेका थिए ।

उनीहरुले केही दिन अगाडि मात्रै जिल्ला प्रशासन कार्यालय सुनसरी र श्रम कार्यालय विराटनगरमा उजुरी समेत गरेका थिए । पछिल्लो समय विभिन्न बहानामा ठगी गर्ने गिरोहको संख्या सक्रिय रहेपनि सम्बन्धित निकाय मौन रहेका छन् ।

उक्त कन्सल्टेन्सीले यूईए मात्रै नभई युरोपियन मुलुकमा पठाउने भन्दै विभिन्न प्रलोभन देखाएर युवाहरुसँग रकम उठाउँदै आएको पीडितहरुले बताएका छन् । इटहरी उपमहानगरपालिकामा २२२०५०/२०७६/२०७७ मा दर्ता भई पान नम्बर ६१२४८९१७ समेत लिएको कन्सल्टेन्सीले ठगी गर्नकै लागि मात्रै संस्था दर्ता गरेको हुनसक्ने आशंका गरिएको छ ।

 

Tags: #इटहरी#ठगीटाकुरा विशेष
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका पाँच जनालाई प्रहरीले...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : तेह्रथुम र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका–९ बगाले होटल अगाडि...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

भदौ ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

भदौ ११, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.