इटहरी : इटहरीबाट सुनको कारोबार गर्ने सुनचाँदी व्यवसायी पक्राउ परेका छन् ।
सुन खरिद गरी बिक्रीका लागि इटहरी ६ मा रहेको कालिका गोल्ड एण्ड सिल्भर हाउसका संचालक शेखराज घिमिरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका इटहरी १६ घर भएका घिमिरेको साथबाट १९५.४७० ग्राम तौल भएको सुनको टिल १ थान र १ लाख ५८ हजार नगद बरामद भएको छ ।
प्रक्राउ परेका घिमिरेलाई उनको साथबाट वरामद नगद र सुनसहित इटहरीस्थित आन्तरिक राजश्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post