धरान : दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि धरानका मठमन्दिर दोस्रो पटक बन्द भएका छन् ।
धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले मन्दिरबाट कोरोनो संक्रमण फैलिन सक्ने भन्दै दुर्ईदिन अगाडि धरान उपमहानगरपालिकाले कार्यपालिकाको बैठकले मन्दिर बन्द गर्ने निर्णय गरेको थियो ।
मन्दिर बन्द गर्ने निर्णयसँगै धार्मिक पर्यटकीय क्षेत्र मानिएको धरान १४, विजयपुरमा भक्तजनहरुको चहलपहल न्यून रहेको छ
। स्थानीय सरकारले बन्द गर्ने निर्णयसँगै विजयपुरमा रहेका पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर र पञ्चकन्या मन्दिर सुनसान बनेका छन् ।
बन्द गर्ने निर्णय गरेको सूचना धरान आसपासका सर्वसाधारणलाई थाहा भएपनि धरान बाहिरबाट भने मन्दिरमा पूजा गर्न फाट्टफुट्ट भक्तजनहरु भने आउने गरेको मन्दिरको मुख्यद्वार बन्दको कारण मन्दिर बाहिर द्वारमै पूजा गरेर फर्कने गरेका छन् ।
कोरोनाको जोखिमका कारण उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जोखिम न्यूनीकरणकै लागि मन्दिर बन्द गर्नुपरेको बताए । अध्यक्ष भट्टराईले पर्याप्त सूचना नपुग्दा बाहिरका सर्वसाधारण फाट्टफुट्ट आउने गरेको बताउँदै प्रभावकारी सूचना प्रवाह गर्न वडा कार्यालय अझ लागि पर्ने बताए।
उक्त बुढासुब्बा मन्दिरका पूजारी ध्रुव आले मगरले सर्वसाधारणलाई मन्दिरभित्र प्रवेशमा रोक लगाइएको छ भने मन्दिरमा हुनै दैनिक नित्यपूजाबाहेक अरु सबै पूजा बन्द गरेको बताए। त्यस्तै, दन्तकाली मन्दिरका पुजारी कमल भट्टराईले पनि सोही कुरा दोहोर्याएका थिए ।
त्यस्तै, मन्दिर परिषद् बाहिर रहेर फूलपाति व्यवसाय गर्दै आएका इन्द्रबहादुर श्रेष्ठले धरान १४ विजयपुरमा धरान बाहिरबाट दैनिक २ देखि ४ हजार भक्तजनहरु मन्दिरहरुमा पूजाआजा गर्न आउने गरेका छन् ।
मन्दिर बन्द भएपछि पूजाका सामग्री विक्री गर्नेहरु सबैभन्दा बढी मार्कामा परेको उनले बताए ।
विगतमा कोरोनाका कारण व्यापारी, मजदुर लगायतलाई गुजारा गर्न कठिन भएको थियो भने मन्दिर समेत बन्द हुँदा नेपालीहरुको मौलिक पर्व समेत प्रभावित बनेका थिए ।
यस पटक त्यो भन्दा अझै भयावह आउन सक्ने संकेत विज्ञहरुले बताइरहदा गरिखाने वर्गहरु भने चिन्तामा डुबेका छन् ।














Discussion about this post