ईलाम : ईलाम नगरपालिका ५ ओख्रेका ३२ वर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ ।
आज विहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक सोही रुखबाट लड्दा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।














Discussion about this post