Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

साहित्य र पत्रकारितामा जीवन समपर्ण गरेका लम्साल भन्छन्, ‘कविता लेखेकै कारण जेल परेँ’

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
चैत्र ६, २०७६
in कला साहित्य, टाकुरा विशेष, विचार
0
साहित्य र पत्रकारितामा जीवन समपर्ण गरेका लम्साल भन्छन्, ‘कविता लेखेकै कारण जेल परेँ’
320
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बहिर चिसो थियो, सिरेटो घरभित्रै सम्म छिथ्र्यो । शुक्रबार साँझ साहित्यकार तथा पत्रकार कृष्णबिनोद लम्सालको घरमा पुग्दा ल्यापटप अगाडि राखेर केही लेखिरहेका थिए । घरको भित्तैभरी सम्मान पत्रले भरिएको दृष्य देखिन्थ्यो भने ¥याकभरी र टेबलभरी छरपस्ट पुस्तक थिए ।

स्व. केशव लम्साल तथा स्व. सरस्वता लम्सालको कोखबाट २००६ चैत्र ६ गते भोजपुरको दिङ्लामा जन्मिएका लम्सालको विवाह १३ बर्षको कलिलो उमेरमै भयो ।

भोजपुरमै साढे १२ बर्षकी जानुका कोईरालासँग उनी वैवाहिक जीवनमा बाँधिए । गाउँमा जन्मेर गाउँमै हुर्केका लम्सालले भोजपुरको षडानन्द संस्कृत माध्यमिक विद्यालयमा उत्तरमध्यमामा अध्ययन गर्दा गर्दै धरान झरे । स–परिवार तराई झरेपछि उनी पत्रकारिता क्षेत्रमा सक्रिय भए । कुरो हो २०३३ सालको ।

२०३० सालमा धरान झरेपछि उनी तीन बर्ष यहाँको परिवेश बुझ्नै लाग्यो ।

‘बुर्जुवा शिक्षाको बहिष्कारको कारण त्यहाँभन्दा पढाईलाई अगाडि बढाउन सकिएन,’ लम्सालले आफ्नो बालापन सम्झिदैँ भने, ‘हामी दिउँसो स्कुल जान्थ्यौँ र साँझ परेपछि गोठमा जान्थ्यौँ, गाई बस्तुलाई खोलेपानी गरेपछि रातभर आगो बालेर पनि पढ्ने चलन थियो ।’

उनले २०२३ सालमा भोजपुरमै हुँदा ‘बुढो काठे जिर्णोद्धारमा’ शीर्षकको कविता लेखे । पछि कविता निरन्तर लेख्न थालेपछि २०२५ सालमा उनले लेखेको एउटा कविताले जिल्लास्तरीय पुरस्कार समेत पायो । त्यसपछि लम्साललाई कविता लेखनमा थप हौशला मिल्यो ।

‘त्यतिबेला पञ्चायत बिरोधी कविता लेखिन्थ्यो, किताब छाप्नै डर लाग्यो,’ उनी आफ्नो विगतलाई सम्झन्छन्, ‘पछि धरान झरेपछि समाचारमा केन्द्रीत भएँ ।’ उनले २०३३ सालमा झापाबाट प्रकाशन हुने ‘आलोक’ नामक साप्ताहिक पत्रिकामा धरानबाट समाचार लेख्न सुरु गरे ।

‘त्यो समय टेलिफोन र सञ्चारको सुविधा थिएन,’ उनले आफूँले पत्रकारिता गर्दाका अनुभव सुनाउँदै टाकुरासँग भने, ‘हुलाकबाट समाचार पठाउँनुपथ्र्यो, त्यो बेला पत्रकार बन्नका लागि सुरुमा साहित्यकार बन्नुपर्ने अवस्था थियो ।’

लम्सालले उक्त समयमा पत्रकार बन्नका लागि अनिवार्य साहित्यको ख्याती हुनुपर्ने चलन रहेको सुनाए ।

उनले भने, ‘पत्रकार हुनका लागि त्यो बेला कथा, कविता लेख्नुपथ्र्यो, साहित्यकार नभई पत्रकार बन्न गाह्रो थियो, पत्रकार मात्र बन्छु भन्दा भाषाको कुरा लेख्दा समस्या हुन्थ्यो ।’ उनले स्वर्गीय चन्द्रमणि अधिकारी र श्याम अधिकारी आफ्नो पत्रकारिता क्षेत्रको मार्गनिर्देशक रहेको सुनाए ।

लम्साल आँफू २०४० सालमा राजनीतिमा लागेको भएपनि आँफूले राजनीति त्यागेर साहित्य र पत्रकारितामै जीवन अर्पण गरेका व्यक्ति हुन् । उनी आफ्नो पत्रकारिताका समकालीन स्व. ज्ञानेन्द्र बहादुर कार्की, स्व. गणेश श्रेष्ठ, हर्ष सुब्बा, कृष्ण अधिकारी, गिरीराज आचार्य र स्व. याम प्रधानको सधैँ गुणगान गाउँछन् ।

‘याम जी हार्ड न्यूज लेख्नुहुन्थ्यो मैले देखेमध्येका सबैभन्दा खरो समाचार लेख्ने उहाँ नै हुनुहुन्थ्यो,’ प्रधानलाई सम्झिदैँ उनले भने । लम्सालले आफ्नो उर्जावान समय धरानमै बिताएको बताउँछन् ।

उनले महाकाली अञ्चलमा तत्काल ‘वार्ता’ साप्ताहिकमा सहायक सम्पादक भएर काम गर्ने अवसर पाए ।

तत्कालीन वीरेन्द्र राजा भएको समयमा जनमत संग्रह घोषणा भएपछि उनी विराटनगर आएर ‘हिमालचुली’ साप्ताहिकमा काम गरेको अनुभव उनले सुनाए । उनी जहाँ गएपनि आफूँले पत्रकारितालाई निरन्तरता सँगै साहित्य क्षेत्रमा क्रियाशिल भए ।


लम्सालले पछि ०३९ सालमा सुनसरीमा आफ्नै नाममा नामक ‘प्रगति’ नामक पाक्षिक पत्रिका दर्ता गराए । ‘मेरो पत्रकारिता भनेको शोख, हवि र उदेश्य रह्यो,’ लम्साल मुस्कुराउँदै भन्छन्, ‘पञ्चायती कालमा समाचार र कथा कवितामा शब्दहरु राख्दा पनि दुई अर्थ लाग्ने शब्द राख्नुपथ्र्यो ।’

उनले उक्त समयमा कृष्ण अधिकारी र आँफूले इटहरीमा पत्रिका छाप्ने गरेको बताउँदै भने, ‘तत्कालीन मालेले साप्ताहिक बनाएर मेरो पत्रिकालाई प्रयोग गर्यो, मैले पत्रकारितामा राजनीति भयो भनेर त्यो पत्रिका नै छाडेर अर्को प्रतिनिधि साप्ताहिक दर्ता गराएँ ।’

उनले उक्त पत्रिका भने दश बर्ष सम्म चलाएको बताउँछन् ।

‘पत्रकारिता गरेर परिवार पाल्न गाह्रो थियो, यो त एउटा शोखको कुरा न थियो ।’ उनी भन्छन् । उनले आफ्नो हबि नै उदेश्यमुलक पत्रकारिता गर्नु भएको सुनाउँछन् ।

२०५९ सालदेखि इटहरीको सप्तकोशी एफएममा उनले ‘उहिलेका कुरा’ नामक कार्यक्रम चलाउँन थाले । उक्त कार्यक्रम अति लोकप्रिय बन्यो । जेष्ठ नागरिकलाई एफएममा ल्याएर उनीहरुका अनुभव सुन्ने कार्यक्रम थियो त्यो ।

अहिले उनले सोही डिजाइनको कार्यक्रम विराटनगरको मकालु टेलिभिजनमा ‘इति बृत्तान्त’ नामक दिएर चलाउँदै आएका छन् । उक्त कार्यक्रम जेष्ठ नागरिकहरुका लागि अति लोकप्रिय रहेको छ ।

लम्सालले करीब ४ देखि ५ सय बढी कविता तथा डेढ सय बढी कथा लेखेको सुनाउँछन्् । उनका कथा, कविता, खोज अनुसन्धान, उपन्यास गरी ७ वटा कृति नै प्रकाशित भइसकेका छन् । उनका ‘बन्दी आस्थाहरु’ (कविता सङ्ग्रह २०५०), ‘परिस्थितिका मुद्दाहरु’ (कथा सङ्ग्रह २०५२), ‘पूर्वाञ्चलमा यातायातको अवस्था : विगत र वर्तमान’ (खोज अनुसन्धान २०५९), ‘अवशिष्ट यात्रा’ (उपन्यास २०६३), ‘विभाजित समय’ (उपन्यास २०६९), ‘युगान्तर’ (कथा सङ्ग्रह २०७२) र ‘सप्तकोशी किनाराबाट’ (अनुसन्धानात्मक आख्यान २०७६) कृतिहरु प्रकाशित रहेका छन् ।

उनी भन्छन्, ‘पत्रकारिता भन्दा पनि डरलाग्दो कुरा त साहित्य हो जस्तो लाग्छ ।’ साहित्यमा लत लागेपछि यसबाट उम्कनै नसकिने उनको बुझाई छ । ‘एउटा कविता सुनाउँनका लागि आफ्नो पैसा खर्च गरेर मेची देखि महाकालीको यात्रा पनि गर्नुपर्छ,’ उनी सुनाउँछन्, ‘यसमा लागेपछि निस्कनै सकिदैँन ।’

उनले नेपाली साहित्यको पाठक बढेको बताउँदै अब पुस्तक लेख्ने मानिसलाई बाँच्न गाह्रो नहुने बताए । उनी भन्छन्, ‘भाषा, बिषयबस्तु र वाक्यविन्याश मिल्यो भने अब किताब लेखेर मानिस बाँच्न सक्छ, लक्षित समूहलाई लक्ष्य गरेर लेख्नुपर्छ ।’ उनले आफ्नो समयमा खुलेर लेख्न सक्ने स्थिति नरहेको तर्क गर्दै भन्छन्, ‘हाम्रो पालामा लेख्न सक्ने अवस्था थिएन, प्रशाशनिक डर हुन्थ्यो, अहिले किताब लेखेरै बाँच्ने दिन आउँदैछ ।’

लम्साल गम्भीर हुँदै भन्छन्, ‘अहिलेको पत्रकारिता आशलाग्दो रहेको छ, तर नयाँ पुस्ता अध्ययनशील र चिन्तनशील छैन भन्ने लाग्छ ।’ अहिलेको पत्रकारिता पार्टी पत्रकारितामा हाबी भएकाले प्रकाशन गृह नै स्वायत्त हुन नसकेको उनको बुझाई छ ।

विशेषगरी खोजी पत्रकारितामा कलम चलाउँने लम्साल २०५३ सालमा पत्रकार महासंघ सुनसरीको अध्यक्ष भए । ‘म अध्यक्ष हुनुभन्दा अगाडि पत्रकार संघ थियो, पछि महासंघ हुँदा मैले अध्यक्ष बन्ने सौभाग्य पाएँ,’ उनले सुनाए ।

दुई छोरा र दुई छोरीका पिता रहेका लम्साल अहिले इटहरी १७ बालग्राममा कान्छा छोरासँग बस्दै आएका छन् । जेठो छोराले २४ बर्षको उमेरमा २०५७ सालमा एमएसी सकेपछि ब्रम्हचारी भएर बस्दै आएको उनले खुलाए ।

‘नयाँ पुस्ता अध्ययनशील छैन, चिन्तनशील छैन भन्ने लाग्छ,’ उनी भन्छन्, ‘सकेसम्म धेरै पढौँ, चिन्तन गरौँ, फुटानी लगाउँन छाडौँ, पत्रकारितामा स्कोप राम्रो छ ।’ उनले इतिहाँस कहिल्यै नलेखिएको र अहिले इतिहाँस उत्खखन गर्ने समय रहेको तर्क गर्दै मानिसले इतिहाँस पढ्ने बताए ।

लम्सालको ब्यक्तित्व र कृतित्वका बारेमा विभिन्न विश्वबिद्यालयका ९ जना बिद्यार्थीहरुले थेसिस लेखेको उनले जानकारी गराए । ‘मेरो बारेमा थेसिस त लेखियो तर साहित्यको बिषयमा मात्रै आयो, पत्रकारिताका बिषय जोडिएन,’ उनले छेउमै रहेकी श्रीमती तिर हेर्दै भने, ‘चाहे समाचार होस् वा साहित्य, राम्रो चिज जो सुकै मानिसले पनि खोजेर पढ्छ ।’

उनी आफ्नी माता सरस्वता लम्साल र माईला बुवा दुर्गा प्रसाद लम्साललाई इश्वर मान्छन् । उनले कविता वाचन गर्दा आँफू जेल परेको सम्झिदैँ भने, ‘इटहरी चोकमा म, बद्री बिशाल पोखरेल, राजकुमार कार्की लगायत भेला भएर कविता वाचन गरिरहेका थियौँ, प्रहरी आएर समात्यो ।’

प्रहरीले कविता वाचन गरेकै कारण समातेर इटहरी पकलीमा रहेको शशस्त्र प्रहरी बलको सीमाभित्र तीन दिनसम्म राखेको क्षण सम्झिदाँ लम्साल भावुक बने ।

‘प्रहरीले पक्रेको दिन बुवाको एकछाकी थियो, भोलिपल्ट मैले शशस्त्रको व्यारेकभित्र नै लोकतान्त्रिक श्राद्ध गरेँ,’ उनले २०६२।०६३ सालको जनआन्दोलन उत्कर्षमा पुग्न लागेको बेला जेल परेको कुरा लम्सालले सम्झिए ।

पछि सुनसरी र मोरङका पत्रकारहरु सिडिओ कार्यालयमा धर्ना दिएपछि बिनाशर्त छाडेको उनको भनाई थियो ।

उनले एकपटक महाकालीका अञ्चलाधीशले पनि समाचार लेखेकै कारण जेल हालिदिने भन्दै धम्की दिएको क्षण समेत सम्झिँदा उनको मुहारमा चिन्ता सहित गम्भीरता छाएको स्पष्ट देखिन्थ्यो ।

अन्त्यमा, छुट्टिने बेला लम्सालकी पत्नीले चिया हातमा थमाईन् र भनिन्, ‘कहिलेकाँही आउँदै गर्नु है ?’

चियाको चुस्की लिएर लम्सालको कोठाबाट बाहिरिए–बाहिर झमक्क रात परिसकेको थियो, लम्सालले हात हल्लाउँदै ‘बाई’ को इशारा गरे ।

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

भोको मान्छे (कविता)
FEATURE BREAKING

भोको मान्छे (कविता)

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

माधव पोखरेल गोज्याङ्ग्रे भोको पेट लिएर मानवहरू याे देशको माथमा रम्दै छन् दरबारमा धन हुने दुःखी परे जालमा खानै छैन...

देवता र मानवताको अन्तिम युद्ध (कविता)
कला साहित्य

देवता र मानवताको अन्तिम युद्ध (कविता)

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

कवि सिद्धान्त गौतम कलमकार जब आकाशमा मेघगर्जन हुन्छ, खुल्छन् स्वर्गका ढोकाहरू एका एक र निस्किन्छन् अल्लाह, जिजस, र तेत्तीस-कोटी देवता...

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भदौ १९, २०८३
संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३
मिडिया इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ लोकार्पण

मिडिया इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ लोकार्पण

भदौ ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    309 shares
    Share 124 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.